पोखरामा ‘बगैँचा रिसोर्ट तथा स्पा’ सञ्चालनमा, ७० करोड लागतमा निर्माण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पोखराको लेकसाइड–१३ स्थित ‘बगैँचा रिसोर्ट तथा स्पा’ आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। अंशुभरा ग्रुपद्वारा विकसित सो रिसोर्टलाई बुधबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले उद्घाटन गरेकी हुन्।

वातावरणमैत्री र प्रकृतिसँग नजिक हुने अवधारणामा आधारित रिसोर्टमा पारम्परिक नेपाली कला, वास्तुकला र आधुनिक सुविधाको संयोजन गरिएको छ। ७० करोडको लागतमा साढे ४ रोपनी क्षेत्रफलमा बनेको बगैँचामा ३२ कोठा, दुई रेष्टुरेन्ट, पूलसाइड बार, योग तथा स्पा सुविधासहित आधुनिक व्यवस्थापन गरिएको छ।

रिसोर्टका निर्देशक सौगात थापाका अनुसार बगैँचाले प्रकृतिप्रेमीहरूलाई शान्त, सन्तुलित र अनुभवात्मक सेवा प्रदान गर्ने उद्देश्य राखेको छ। यहाँ नेपाली उपचार पद्दति, साउन्ड थेरापी, योग अभ्यास तथा आरामदायक स्पा सेवा उपलब्ध छन्। कोठाहरूको भाडा प्रतिरात १५० देखि ३५० अमेरिकी डलरसम्म तोकिएको छ।

‘बगैँचा’ ले नेपाली आतिथ्य संस्कृतिलाई विश्वसामु चिनाउने अपेक्षा गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।