इनड्राइभको ‘प्लाटिनियम ड्राइभर गिभअवे’ सम्पन्न, उत्कृष्ट चालकलाई पुरस्कार वितरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । राइड सेयरिङ सेवा प्रदायक कम्पनी इनड्राइभले ‘प्लाटिनियम ड्राइभर गिभअवे’ अभियानअन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने चालकहरूलाई सम्मान गर्दै विशेष पुरस्कार वितरण गरेको छ।

२३ जुनदेखि १३ जुलाईसम्म सञ्चालन गरिएको उक्त अभियानमा “जति धेरै राइड, उति धेरै जित्ने सम्भावना” भन्ने अवधारणाका आधारमा विजेता चालकहरू छनोट गरिएको कम्पनीले जनाएको छ।

काठमाडौँमा आयोजित विशेष कार्यक्रममा इनड्राइभले एक जनालाई कार, एक जनालाई मोटरसाइकल र पाँच जनालाई स्मार्टफोन वितरण गरेको हो। कार्यक्रमका प्रमुख अतिथि इनड्राइभका क्षेत्रीय निर्देशक मार्क टलीको उपस्थितिमा रामेछाप उमाकुण्ड गाउँपालिका–४ निवासी शुभराज सुनारलाई टाटा टिएभि कार प्रदान गरिएको छ। यस्तै, धादिङ सिद्धलेक गाउँपालिका–२ का जीत थापाले टीभीएस राइडर मोटरसाइकल प्राप्त गरेका छन्।

स्मार्टफोन विजेताहरूमा गुट्टु पोखरेल, समीर वैध, सन्नी बिस्ट, राजेन्द्र कुमार, र धमिराम चौधरी रहेका छन्।

पुरस्कार हस्तान्तरण गर्दै निर्देशक टलीले नेपालका चालकहरूको योगदानबिना इनड्राइभको सफल यात्रा सम्भव नहुने उल्लेख गरे। उनले नेपालजस्ता सम्भावनायुक्त बजारमा चालकहरूको मेहनतको उच्च मूल्याङ्कन गरिएको बताए।

इनड्राइभ नेपालकी निर्देशक रीता पोखरेलले सामाजिक उत्तरदायित्व अन्तर्गत चालकहरूलाई प्रेरित गर्न र उनीहरूको मनोबल बढाउन यस्ता कार्यक्रमको आयोजना गरिएको स्पष्ट पारिन्।

कम्पनीले यो अभियानले चालकहरूमा थप प्रेरणा जगाउने, सेवा स्तरीयता बढाउने र उपभोक्तामाझ इनड्राइभलाई अझ विश्वासिलो बनाउने अपेक्षा राखेको जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।