दीपेन्द्रसिंह ऐरी आइसिसी वरीयाताको दोस्रो स्थानमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा अलराउण्डरतर्फको वरीयतामा दोस्रो स्थानमा उक्लिएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले जारी गरेको वरीयतामा दीपेन्द्रले एक स्थान सुधार गरेका हुन् । यसअघि दोस्रो स्थानमा रहेका रोस्टन चेस सात स्थान तल झदै नवौं स्थानमा पुगेपछि दीपेन्द्र दोस्रो स्थानमा उक्लिएका हुन् ।

पहिलो नम्बरमा भारतका हार्दिक पाण्डेय छन् । तेस्रोमा अफगानिस्तानका मोहमद नाबी, चौथोमा इंल्यान्डका लियाम लिभिङटोन र पाँचौ स्थानमा वेस्ट इन्डिजका रोमारियो सेफर्ड रहेका छन् ।

टी-२० आईको ब्याटिङ वरीयतामा भने दीपेन्द्रसँगै कप्तान रोहित कुमार पौडेलको वरीयाता खस्कँदा कुशल भुर्तेल र आसिफ शेखको वरीयातामा भने सुधार भएको छ । बलिङमा ललित नारायण राजवंशी दुई स्थान सुधार गर्दै ५६औं स्थानमा उक्लिएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।