नेप्सेमा ५२ अंकको भारी गिरावट : कारोबार रकम पनि घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार शेयर बजारमा उच्च गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५२.८७ अंकले घटेर २,९४९.१९ बिन्दुमा झरेको छ। यसअघि मंगलबार नेप्से ३०.७६ अंकले बढ्दै ३,००२.०७ बिन्दुमा पुगेको थियो।

नेप्से सूचक अघिल्ला आठ कारोबारी दिन लगातार उकालो लागेपछि बुधबार भने बजारमा तीव्र सेलिङ प्रेसर देखिएको हो। यस दिन कुल १६ अर्ब ४४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो, जुन अघिल्लो दिनको १८ अर्ब २४ करोड रुपैयाँको तुलनामा घटेको हो।

बुधबार कारोबार भएका कम्पनीहरूमध्ये २३ कम्पनीको सेयर मूल्यमा वृद्धि भए पनि २२६ कम्पनीको सेयर मूल्य घटेको छ। सान्भी इनर्जी र ट्रेड टावर कम्पनीको सेयरमा भने सकारात्मक सर्किट लागेको छ।

सूचकमा गिरावट आउनुको प्रमुख कारण बैंकिङ, लघुवित्त र बीमा समूहमा देखिएको गिरावट हो। बैंकिङ समूह १.६३ प्रतिशतले, लघुवित्त समूह ३.६४ प्रतिशतले, विकास बैंक ३.३४ प्रतिशतले र फाइनान्स समूह २.८७ प्रतिशतले घटेका छन्।

त्यस्तै, होटल तथा पर्यटन समूह २.२७ प्रतिशत, जलविद्युत् १.७९ प्रतिशत, जीवन बीमा १.७७ प्रतिशत, निर्जीवन बीमा १.७४ प्रतिशत, उत्पादन समूह १.३२ प्रतिशत, व्यापार समूह २.४५ प्रतिशत र लगानी समूह १.६७ प्रतिशतले घटेका छन्।

सेयर बजारमा आएको दबाबको कारण नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको अभिव्यक्ति पनि एक कारण भएको देखिन्छ। संस्थापक सेयरको कारोबारलाई सहज बनाउन बाफिया विधेयकमार्फत कानुनी व्यवस्था गर्न सकिने उनले बताएका छन्। साथै, लघुवित्त संस्थाहरूको लाभांश वितरणमा लगाइएको सीमा हटाउने तयारी नहुँदा पनि बजारमा निराशा थपिएको देखिन्छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।