आमिर खानको ‘सितारे जमीन पर’ अब युट्युबमा आउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । बलिउड अभिनेता तथा निर्माता आमिर खानले आफ्नो फिल्म ‘सितारे जमीन पर’ युट्युबमा रिलिज गर्ने घोषणा गरेका छन्। फिल्म थिएटरमा रिलिज भएको करीब एक महिनापछि अब दर्शकले यसलाई युट्युबको मुभिज-अन-डिमान्ड सेवा मार्फत हेर्न सक्नेछन्।

आमिर खानले फिल्म २०२५ अगस्ट १ देखि युट्युबमा विश्वव्यापी रूपमा रिलिज हुने जानकारी दिएका हुन्। उनले स्पष्ट पारेका छन् कि ‘सितारे जमीन पर’ अन्य कुनै पनि ओटीटी प्लेटफर्ममा उपलब्ध हुनेछैन, र युट्युबमै मात्र हेर्न सकिनेछ।

फिल्म भारतमा रु. १०० मा हेर्न मिल्नेछ भने अमेरिका, क्यानडा, बेलायत, अस्ट्रेलिया, जर्मनी, इन्डोनेसिया, फिलिपिन्स, सिंगापुर, स्पेनलगायत ३८ देशमा स्थानअनुसारको मूल्यमा उपलब्ध हुनेछ।

यस भावनात्मक पारिवारिक फिल्मले रिलिज पश्चात् हालसम्म विश्वभरबाट २५० करोड रुपैयाँभन्दा बढीको कमाइ गरिसकेको छ। युट्युब रिलिजपछि दर्शकले यो फिल्म भाडामा लिएर हेर्न सक्नेछन्।

आमिर खानको यो कदमले डिजिटल फिल्म वितरणमा नयाँ प्रयोगको संकेत दिएको बताइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।