बैतडी । बैतडीकी २० वर्षीया अनमी जानकी पुजाराले निस्सासिएको अवस्थामा जन्मिएको नवजात शिशुको ज्यान मुखबाट सास दिएर बचाएकी छन्।
सिगास गाउँपालिकाको कान्धार स्वास्थ्य केन्द्रमा कार्यरत पुजाराले स्वास्थ्य उपकरणको अभाव र यातायात सुविधा नहुँदा करिब ८ घण्टा लगातार शिशुलाई मुखबाट सास दिँदै जीवनदान दिएकी हुन्।
हेलिकप्टरसमेत नआउने भएपछि अन्तिम विकल्पको रूपमा उनले देखाएको समर्पणले शिशुको ज्यान जोगिएको स्थानीय भूपी सरोबरले बताए। उनका अनुसार अनमी पुजाराको यो कार्य साहसिक र प्रेरणादायी छ।
Comment