ऊर्जामन्त्री खड्का र मुख्यमन्त्री शाहबिच भेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली । ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री दीपक खड्का र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबिच आज धनगढीमा भेट भएको छ।

धनगढीस्थित मुख्यमन्त्री निवासमा भएको भेटमा समसामयिक र ऊर्जा तथा सिँचाइका विषयमा कुराकानी भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। सङ्घ र प्रदेशबिचको सम्बन्ध, काममा गर्नुपर्ने समन्वयको बारेमा छलफल भएको छ।

मन्त्री खड्काले जनतामा देखिएको निराशालाई हटाएर कामबाट नतिजा निकाल्न र मुलुकको समृद्धि यात्रा सफल बनाउन तीन तहको सरकार मिलेर अगाडि बढ्नुको विकल्प नरहेको बताए।

प्रदेशमा विद्युत्, सिँचाइ र जलस्रोत व्यवस्थापनसम्बन्धी विषयमा केन्द्र, प्रदेश समन्वय, योजनाको कार्यान्वयन र सेवा प्रभावकारिताबारे छलफल भएको बताइएको छ। मन्त्री खड्काले यहाँ भइरहेको जलस्रोतसम्बन्धी प्रमुख आयोजनाको प्रगति, समस्या र अवसरबारे जानकारी लिए।

 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।