काठमाडौं । समाजवादी मोर्चा नेपालको बैठक सुरु भएको छ।
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, आलोकनगरमा जारी यो बैठकले चार वामपन्थी दलहरूलाई एउटै पार्टीमा रूपान्तरण गर्ने लक्ष्यका साथ निर्णायक छलफल अघि बढाएको हो।
बैठकमा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेता कृष्णबहादुर महरा, नेकपा (एकीकृत समाजवादी) का नेताहरू, र नेपाल समाजवादी पार्टीका नेताहरू सहभागी छन्।
बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र मोर्चाको आगामी रणनीतिका विषयमा गहन छलफल भइरहेको बताइएको छ।
Comment