नेपालमा प्रोटोन ईभीको उपस्थिति विस्तार, पोखरामा खुल्यो नयाँ शोरुम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा । विद्युतीय सवारी साधन बजारमा तीव्र विस्तार गरिरहेको प्रोटोन नेपालले पोखराको बुद्धचोकमा आफ्नो नयाँ आधिकारिक शोरुम उद्घाटन गरेको छ। विद्युतीय गतिशीलतामा नयाँ आयाम थप्ने लक्ष्यसहित खोलिएको शोरुमले प्रमुख विद्युतीय कार प्रोटोन इमास ७ को प्रत्यक्ष अनुभव ग्राहकलाई प्रदान गर्नेछ।

काठमाडौंमा सफल सुरुवात गरेपछि पोखरामा शोरुम सञ्चालन गर्नु प्रोटोनको राष्ट्रव्यापी इभी नेटवर्क विस्तार योजनाअन्तर्गतको अर्को महत्वपूर्ण पाइला भएको कम्पनीले जनाएको छ।

शोरुम उद्घाटन कार्यक्रममा वेस्टर्न अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष कृष्ण श्रेष्ठ, स्थानीय प्रतिनिधि, एफएनसीसीआई, होटल एसोसिएसन नेपाल–पोखरा च्याप्टर, एनवाईईएफ लगायत प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो। सो अवसरमा नयाँ इमास ७ कार प्रदर्शन गरिएको थियो।

ग्राहकहरूलाई सजिलो बनाउन टेस्ट ड्राइभ दर्ता, वित्तीय परामर्श, सरकारी अनुदानबारे जानकारी तथा शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा पनि उपलब्ध गराइएको छ। साथै, सेवा सञ्जाल विस्तार गर्दै पोखरामा तेस्रो सर्भिस सेन्टरसमेत सञ्चालनमा ल्याइएको छ।

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले पोखरालाई “प्राकृतिक सौन्दर्य र अग्रगामी सोचको मिलन बिन्दु” भन्दै विद्युतीय यातायातलाई थप पहुँचयोग्य बनाउने प्रतिबद्धता व्यक्त गरे।

प्रोटोनको यो विस्तारले स्वच्छ ऊर्जा र दिगो यातायातको दिशामा नेपालले लिएको गति थप सशक्त बनाएको विश्लेषण गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।