काठमाडौं । वाफिया संशोधन विधेयक, मौद्रिक नीति र दोस्रो वित्तीय क्षेत्र विकास रणनीति विषयमा छलफल गर्न गभर्नर डा. विश्वनाथ पौडेलले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत र सञ्चालक समितिका अध्यक्षहरूलाई छुट्टाछुट्टै बैठकमा बोलाएका छन्।
गभर्नरले मंगलबार साढे १ बजे मेरियट होटलमा सीईओहरूसँग र बुधबार सोल्टी होटलमा अध्यक्षहरूसँग छलफल गर्ने कार्यक्रम तय भएको छ। छलफलमा वाफियाको विवादास्पद प्रस्ताव—बैंकर र व्यवसायी छुट्याउने र उल्लेख्य स्वामित्वको सीमा घटाउने व्यवस्था—माथि विशेष ध्यान दिइनेछ।
नेपाल राष्ट्र बैंकले छलफलपछि आफ्नो औपचारिक धारणा बनाउने तयारी गरेको छ।
Comment