सेयर बजार तीन हजार बिन्दु पार,साढे १८ अर्बको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली सेयर बजारले मंगलबार मनोवैज्ञानिक रूपमा महत्वपूर्ण मानिने तीन हजार बिन्दुको सीमा पार गरेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको तेस्रो कारोबार दिन ३०.४९ अंकले उकालो लागेर ३००१.८० बिन्दुमा रोकिएको छ।

यसअघि सोमबार नेप्से ७.१० अंकले बढेको थियो भने आइतबार १८.४४ अंकले घटेको थियो। त्यसभन्दा अगाडिका लगातार आठ दिनसम्म बजारमा वृद्धि भएको थियो, जसले लगानीकर्तामा उत्साह थपेको थियो।

मंगलबारको कारोबारमा कुल १८ अर्ब ५२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। अघिल्लो दिन सोमबारको कारोबार रकम भने १८ अर्ब ७५ करोड रुपैयाँ रहेको थियो।

मंगलबार कुल २५० कम्पनीको सेयर कारोबार हुँदा १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७४ कम्पनीको सेयर मूल्य घटेको छ। बजारमा पुनः सकारात्मक संकेत देखिएसँगै लगानीकर्ताको मनोबल बलियो देखिएको छ।

 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।