एशियन लाइफको हकप्रदमा आवेदन दिने म्याद थप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले असार २५ गतेदेखि निष्कासन गरेको हकप्रद शेयरमा आवेदन दिने म्याद थप भएको छ ।

यसअघि कम्पनीले मंगलबार (साउन १३) सम्म मात्रै आवेदन दिन पाउने भएको थियो । तर पर्याप्त आवेदन नपरेपछि साउन २० गते सम्मका लागि म्याद थपिएको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हाल कायम चुक्तापुँजीको १ः०।४२ अनुपात अर्थात् ४२ प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति पाइसकेको छ । जसअनुसार कम्पनीले कम्पनीले प्रतिकित्ता १०० रुपियाँ अंकित दरका कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो।

कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनार्थ कम्पनीले जेठ १६ गते बुक क्लोज गरिसकेकाले जेठ १४ गतेसम्म कायम शेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ४०० रुपियाँ रहेको छ । हकप्रद शेयर बिक्रीपछि ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ६४८ रुपियाँ पुग्नेछ ।

कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।