ड्राइभिङ सेन्टरका प्रशिक्षकलाई ईभी सञ्चालन सम्बन्धी तालिम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विद्युतीय सवारी साधन (ईभी) को सुरक्षित सञ्चालनलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित भीजी मोटर्सले प्रशिक्षकहरूका लागि ‘ट्रेनिङ अफ ट्रेनर्स (ToT)’ तालिम सम्पन्न गरेको छ। साउन १० गते काभ्रेको बनेपास्थित संयुक्त ड्राइभिङ ट्रायल सेन्टरमा सम्पन्न तालिममा सातै प्रदेशबाट आमन्त्रित ४५ जना अनुभवी चालक प्रशिक्षकहरूको सहभागिता रहेको थियो।

भीजी मोटर्सको सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालित तालिममा सहभागीलाई ईभीको प्रविधि, सुरक्षित सञ्चालन, आकस्मिक अवस्थाको नियन्त्रण, रेजेनेरेटिभ ब्रेकिङ, स्टेरिङ संवेदनशीलता, ड्यासबोर्ड संकेत बुझ्ने जस्ता व्यावहारिक सीपहरू दिइएको थियो।

मुख्य प्रशिक्षक सम्राट गौतमले ईभीको सुरक्षित प्रयोग सुनिश्चित गर्न देशव्यापी अभियानको नेतृत्व गर्न आफूहरू तयार रहेको बताए। भिजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत विवेक बिजुक्छेले यो तालिमको दोस्रो चरणमा सार्वजनिक सवारी चालकहरूलाई प्रशिक्षण दिइने जानकारी दिए।

तालिममा सहभागी प्रशिक्षकलाई प्रमाणपत्र प्रदान गरिनुका साथै सीप विकासमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। कम्पनीले आगामी हप्ताहरूमा स्थानीय स्तरमा समेत यस्ता तालिमहरू विस्तार गर्ने जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।