आस्था राउतको ‘कम्मरै मर्काएर’ सार्वजनिक, तीज र डान्स फ्लोर दुवैमा गुञ्जिने आशा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । लोकप्रिय गायिका आस्था राउतको नयाँ गीत ‘कम्मरै मर्काएर’ सार्वजनिक भएको छ। जीवनमा खुसी र उत्साहका साथ बाँच्नुपर्ने सन्देश बोकेको यो गीत आज म्युजिक नेपालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

डान्सिङ शैलीमा आधारित गीतले मनका रहरहरू दबाएर होइन, पुरा गरेर जीवन रमाइलो बनाउनुपर्ने प्रेरणा दिन्छ। गीतमार्फत आस्थाले साथी–संगीहरूलाई हाँसेर बोल्न, हाँसेर जिउन आग्रह गरेकी छन्।

गीतको भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् भने रोशन बिकले कोरियोग्राफी गरेका छन्। भिडियोमा नृत्याङ्गना आस्मा विश्वकर्माको बोल्ड डान्स परफर्मेन्स हेर्न सकिन्छ। भिडियोलाई आकर्षक बनाउन ठूलो कोरस समूह समावेश गरिएको छ, जसले गीतको उर्जाशील भावलाई थप प्रभावशाली बनाएको छ।

आस्थाले गीतबारे प्रतिक्रिया दिँदै भनिन्, “गीतजस्तै भिडियो पनि उत्कृष्ट बनेको छ। हामीले गुणस्तरमा कुनै सम्झौता गरेका छैनौं। यो सदाबहार गीत हो तर विशेष गरी तीजमा कम्मर मर्काएर नाच्न मिल्ने खालको हो।”

‘कम्मरै मर्काएर’ले मनोरञ्जन मात्र होइन, सकारात्मक सोचका साथ जीवन बाँच्ने सन्देश पनि दिने लक्ष्य राखेको छ। गीतले चाडपर्वको माहोललाई थप रंगीन बनाउने अपेक्षा गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।