डेढ अर्ब लागतमा मोरङमा क्यासिनोसहित पाँचतारे होटल ‘द एक्सिस’ बन्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मोरङ जिल्लाको ब्रम्हापुरामा क्यासिनोको सुविधा सहितको भव्य पाँचतारे होटल निर्माण हुने भएको छ। एक्सिस हस्पिटालिटी प्रालिले निर्माण गर्न लागेको “द एक्सिस होटल” को लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन तयार पारेर वन तथा वातावरण मन्त्रालयमा पेश गरिसकेको छ।

ईआईए प्रतिवेदन अनुसार, होटल ४ बिघा १३ कठ्ठा १९.९९ धुर क्षेत्रफलमा बन्नेछ, जसअन्तर्गत ७,४४७.०७ वर्गमिटर क्षेत्रफलमा भवन निर्माण हुनेछ। भवनहरू जम्मा चार वटा हुनेछन्, जसमा २१५ कोठा र ३५० शय्या हुने सुविधा रहनेछ।

मुख्य भवनमा भूमिगत, भूईं, मेजनाइन, पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौं गरी कुल आठ तल्ला रहनेछन्। भूईं तल्लामा रेष्टुरेन्ट, लबी, बार, भान्सा तथा कार्यालय कोठा रहनेछ भने अन्य तल्लाहरूमा मिटिङ हल, स्पा, सैलुन, जिम, पाहुना कोठा, र सर्भिस फ्लोरको व्यवस्था हुनेछ।

अर्को भवन ब्लक बी मा पनि समान सुविधा रहनेछ, जसमा पहिलो तल्लासम्म रेष्टुरेन्ट, बार, भान्सा, कार्यालय र त्यसपछिका तल्लाहरूमा प्रत्येकमा ३४ वटा पाहुना कोठा रहनेछन्।

साथै, होटल परिसरमै विशेष क्यासिनो हल पनि निर्माण हुनेछ, जसको भूईं तल्ला १,१८८.२४ वर्गमिटर र पहिलो तल्ला १,६१७ वर्गमिटर क्षेत्रफलमा फैलिनेछ। क्यासिनोले मोरङ र आसपासका पर्यटकीय गतिविधिमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

होटलको ब्याङ्क्वेट हल २,६७८.२६ वर्गमिटर क्षेत्रफलमा फैलिनेछ। होटल निर्माणको क्रममा दैनिक ७० जना कामदारको आवश्यक पर्नेछ भने सञ्चालनपछि २०० जनाले स्थायी रोजगारी पाउनेछन्।

सुविधाजनक पार्किङको व्यवस्था स्वरूप होटलमा १०४ पाङ्ग्रे र १५० दुई पाङ्ग्रे सवारी अट्ने क्षमता हुनेछ।

यो होटल निर्माणको कुल अनुमानित लागत डेढ अर्ब रुपैयाँ रहनेछ भने तीन वर्षभित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ।

यस परियोजनाबाट मोरङ जिल्लाको पर्यटन, रोजगारी र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।