२०८३ मंसिरभित्र कांग्रेसको १५ औं महाधिवेशन हुन्छ: सिटौला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीको १५ औं महाधिवेशन २०८३ को मंसिरभित्र भइसक्ने दाबी गरेका छन् ।

आइतबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता सिटौलाले चार वर्षभित्र महाधिवेशन कुरा गरेपनि त्यो सम्भव नरहेको स्पष्ट पारेका हुन् ।

पार्टीको क्रियाशिल सदस्यता नयाँ र नवीकरणको काम अघि बढिसकेको जनाउँदै २०८३को मंसिरभित्र महाधिवेशन भए सक्ने बताउँदै भने,‘मंसिरभित्र महाधिवेशन गराउनु पर्दछ, हुन्छ र हुनु पर्दछ ।’ सिटौलाले पाँचभित्र महाधिवेशन हुँदै आएको र त्यसमा आशंका नगर्न पनि आग्रह गरे ।

नेता सिटौलाले वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको स्वीकार गरे । तर, वर्तमान सरकारले निरन्तरता पाउने दाबी गर्दै भने, ‘दुई दलबिच भएको समझदारी अनुसार यो सरकार अघि बढ्छ ।’

अहिले कुनै एक दलको बहुमत नरहेको र अकर्ने सरकार बन्ने परिस्थिति पनि नरहेको पनि बताए। ‘कसैको बहुमत छैन, पुष्पकमल दाहाल ९प्रचण्डजी०ले नछोडेको भए त्यही सरकार चलिरहन्थ्यो होला, एउटा परिस्थितिमा निर्माण भएको सरकार हो,’ उनले भने ‘किनभने यसको विकल्प अर्को सरकार बन्ने स्थिति देखिँदैन ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।