गैरहाजिर २२ प्रहरी कर्मचारीलाई ७ दिने अल्टिमेटम, सम्पर्कमा नआए, जागिर जाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले कार्यालयको सम्पर्कमा नरहेका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।

आइतबार एक सूचना जारी गर्दै लामो समयदेखि सम्पर्कविहीन र गैरहाजिर रहेका २२ प्रहरी कर्मचारीहरूलाई अन्तिम मौका दिएको हो । तोकिएको समयभित्र सन्तोषजनक स्पष्टीकरणसहित उपस्थित नभए सेवाबाटै हटाउने चेतावनी दिएको हो।

तोकिएको म्यादभित्र पनि उपस्थित नहुने कर्मचारीलाई प्रहरी नियमावली बमोजिम सेवाबाट हटाउने कारबाही अगाडि बढाइने व्यहोरासमेत सूचनामा उल्लेख छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।