रु. ५० दरका नयाँ नोट छपाइको प्रक्रिया अघि बढ्यो, राष्ट्र बैंकद्वारा बोलपत्र आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ डिजाइनमा रु. ५० दरका नोट छपाइका लागि अन्तर्राष्ट्रिय गोप्य बोलपत्र आह्वान गरेको छ।

बैंकले कुल ८४ लाख थान नोट छपाइ गर्नुपर्ने भएकोले, यस कार्यको लागि करिब ४२ करोड रुपैयाँ बराबरको अनुमानित लागत निर्धारण गरेको छ।

नयाँ नोटको डिजाइन, छपाई, गुणस्तर परीक्षण, प्याकेजिङ र ढुवानी लगायतका सम्पूर्ण काम सम्पन्न गर्न इच्छुक विदेशी वा अन्तर्राष्ट्रिय मुद्रण कम्पनीहरूलाई सहभागी हुन आमन्त्रण गरिएको राष्ट्र बैंकले जनाएको छ।

बोलपत्र पेस गर्न चाहने कम्पनीहरूले वि.सं. २०८२ भदौ २२ भित्र गोप्य रूपमा प्रस्ताव पेश गर्न सक्नेछन्। सहभागी कम्पनीहरूले बोलपत्र दस्तुर स्वरूप नेपाली रुपैयाँमा रु. २०,००० वा विदेशी मुद्रामा ४,१४६ अमेरिकी डलर, १२६ युरो, वा १०९ पाउन्ड स्टर्लिङ तिर्नुपर्नेछ।

राष्ट्र बैंकले उक्त नोट छपाइ प्रक्रिया पारदर्शी, प्रतिस्पर्धी र उच्च सुरक्षा मापदण्डअनुसार सम्पन्न गर्न अन्तर्राष्ट्रिय बोलपत्र प्रणाली अपनाएको हो। नयाँ डिजाइनका नोटहरूमा प्रविधिमैत्री सुरक्षा विशेषता समावेश गरिने अनुमान गरिएको छ, जसले नक्कली नोटको जोखिमलाई न्यून गर्ने अपेक्षा गरिएको छ।

यसअघि पनि राष्ट्र बैंकले विभिन्न दरका नोट छपाइका लागि विदेशी मुद्रण कम्पनीहरूसँग सहकार्य गर्दै आएको छ। राष्ट्र बैंकको यो निर्णयले देशको मौद्रिक प्रणालीमा आवश्यक नोट आपूर्ति सुनिश्चित गर्नेछ भने नोटको गुणस्तर र सुरक्षामा समेत सुधार आउने बैंकले जनाएको छ।

बोलपत्रसँग सम्बन्धित विस्तृत जानकारी नेपाल राष्ट्र बैंकको वेबसाइट वा सूचना दस्तावेजमार्फत प्राप्त गर्न सकिनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।