सिद्धार्थ बैंकका ग्राहकहरुलाई सारंग हेल्थ केयरमा १० प्रतिशतसम्म छुट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिद्धार्थ बैंक र सारंग हेल्थ केयर प्रालिबिच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार बखुडोल, ललितपुर स्थित सारंग हेल्थ केयरमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे क्लिनिकल सेवाहरूको भुक्तानी गर्दा ५ प्रतिशत सम्मको छुट तथा ल्याबोरेटरी सेवाहरूको भुक्तानी गर्दा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ ।

यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।