फेसियल हाउसमाथि साइबर आक्रमण, १० करोड क्षतिपूर्ति माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालकै चर्चित सौन्दर्य सेवा प्रदायक संस्था फेसियल हाउस साइबर आक्रमणको सिकार बनेको छ। संस्थाको नाम र लोगो प्रयोग गरेर सामाजिक सञ्जालमा भ्रामक तथा बदनाम गराउने सामग्री पोस्ट गर्नेविरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता गरिएको छ।

संस्थाकी प्रबन्ध निर्देशक सुष्मा महराका अनुसार, हाल विभिन्न व्यक्तिहरूले कुनै औपचारिक सम्बन्ध नराखी फेसियल हाउसको नाममा ‘फेक भिडियो’ तथा झुटा क्लिपहरू पोस्ट गरिरहेका छन्। उनले भनेकी छन्, “संस्थाको छविमा आँच पुर्‍याउने यस्ता कार्यहरू स्वीकार्य छैनन्। यस्ता हर्कतमा संलग्न प्रत्येक व्यक्तिविरुद्ध १० करोड रुपैयाँ क्षतिपूर्तिको माग गरिएको छ।”

फेसियल हाउसले देशभरका सेवाग्राहीहरूलाई ‘फेक’ प्रचारप्रति सतर्क रहन आग्रह गर्दै कुनै पनि गुनासो भएमा आधिकारिक कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।

महरा अनुसार, देशभर १० शाखाबाट सञ्चालित फेसियल हाउसले करिब २०० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै उद्यमशीलता विकासमा योगदान पुर्‍याउँदै आएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।