काठमाडौं । नेपाली राहदानी (पासपोर्ट) फेरि पनि विश्वकै कमजोर राहदानीकाे सुचीमा परेको छ। द हेन्ली पासपोर्ट इन्डेक्सले सन् २०२५ का लागि सार्वजनिक गरेको नयाँ रिपोर्टअनुसार नेपाल ९५औँ स्थानमा परेकाे हाे।
सूचीमा नेपाल लिवियासँग संयुक्त रूपमा ९५औँ स्थानमा परेको हो। कमजोर राहदानी सूचीकृत अन्य देशहरूमध्ये बंगलादेश, उत्तर कोरिया, सुडान र श्रीलंकालगायत छन्।
त्यस्तै दक्षिण एसियाली राष्ट्रहरूमध्ये भुटान ८४औँ, भारत ७७औँ र माल्दिभ्स सबैभन्दा अगाडि ५३औँ स्थानमा छन्।
रिपोर्टअनुसार, सन् २०२५ मा सबैभन्दा शक्तिशाली राहदानी सिंगापुरको रहेको छ। त्यस्तै जापान र दक्षिण कोरिया दोस्रो स्थानमा छन् भने तेस्रो स्थानमा डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, आयरल्यान्ड, इटाली र स्पेन संयुक्त रूपमा परेका छन्।
त्यसैगरी चौथो स्थानमा अष्ट्रिया, बेल्जियम, लक्जेमबर्ग, नेदरल्यान्ड्स, नर्वे, पोर्चुगल र स्विडेन छन्।
द हेन्ली पासपोर्ट इन्डेक्सले प्रत्येक वर्ष राहदानीको विश्वव्यापी पहुँचका आधारमा यो सूची प्रकाशन गर्ने गर्दै आएको छ।
Comment