सुक्खा र खडेरीको चपेटामा मधेश, सुक्न थाल्यो खेतमै बीउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वर्षा नहुँदा मधेश प्रदेश खडेरीको चपेटामा परेको छ । वर्षा नहुँदा मधेश प्रदेशमा धान रोपाइँ राम्रोसँग हुन नसकेको छैन । वर्षा नभएपछि मधेशका किसानहरूले साउनको दोस्रो हप्तासम्म पनि राम्रोसँग रोपाइँ गर्न पाएका छैनन् ।

सुक्खा र खडेरीका कारण २६ असारमा मधेश सरकारले मधेशका आठ जिल्लालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । मधेश सरकारकै सिफारिसमा केन्द्र सरकारले पनि ७ साउनमा मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

मधेश प्रदेशमा रोपाइँ भएका खेतहरू पनि धाँजा फाट्ने, धानका बीउ सुक्नेजस्ता समस्या किसानहरूले झेलिरहेका छन् । हरेक वर्ष मलखादको अभाव झेल्नु परेको मधेशका किसानहरूले यो वर्ष भने सुक्खा र खडेरीका सामना गर्नुपरेको छ ।

 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।