बीमा प्राधिकरणकी महिला सञ्चालक राधा पोखरेलको राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल बीमा प्राधिकरणकी महिला सञ्चालक राधा पोखरेलले पदबाट राजीनामा दिएकी छन्। स्वास्थ्य समस्याका कारण प्राधिकरणको बैठकमा नियमित सहभागी हुन नसक्ने भन्दै पोखरेलले राजीनामा दिएकी हुन्। उनले गएको सोमबार अर्थ मन्त्रालयमा राजीनामा पत्र बुझाएकी हुन्। यद्यपि, उनको राजीनामा स्वीकृत भएको वा नभएकोबारे औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।

बीमा ऐन, २०७९ अनुसार नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिमा अनिवार्य रूपमा एक जना महिला प्रतिनिधि हुनु पर्ने व्यवस्था छ। यही प्रावधानअनुसार अर्थमन्त्री विष्णु पौडेलले पोखरेललाई गत चैत १ गते चार वर्षका लागि सञ्चालक पदमा नियुक्त गरेका थिए। तर नियुक्तिको चार महिनामै पोखरेलले राजीनामा दिएको घटनाले बीमा क्षेत्रको नियामक संरचनामा नयाँ चुनौती थपिएको देखिन्छ।

पोखरेल हाल विशाल बजार कम्पनीमा पनि सञ्चालकको जिम्मेवारीमा रहेकी छिन्। प्राधिकरणको महिला सञ्चालक पद रिक्त भएपछि अब नयाँ नियुक्ति कसलाई गरिन्छ भन्नेबारे चासो बढेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।