निभिक्स फर्मास्यूटिकल्सले १३ लाख ७५ हजार कित्ता आईपीओ ल्याउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निभिक्स फर्मास्यूटिकल्स लिमिटेडले सर्वसाधारणका लागि १३ लाख ७५ हजार कित्ता साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ। यसका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई शेयर निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ। उक्त सम्झौतापत्रमा निभिक्स फर्मास्यूटिकल्सका प्रबन्ध सञ्चालक इन्द्र वानिया र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्।

सम्झौता कार्यक्रममा निभिक्सका अध्यक्ष कालिदास पौडेल, संचालक फार्मासिस्ट सुजन चन्द्र सिग्देल र चार्टर्ड अकाउन्टेन्ट अनिल पौडेलको पनि उपस्थिति रहेको थियो। वि.सं. २०७४ मा स्थापना भएको निभिक्स फर्मास्यूटिकल्स लिमिटेड २०८१ साल माघ २ गते पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो। सोही समयदेखि कम्पनीले औषधि व्यवस्था विभागबाट उत्पादन तथा बजारीकरणको दर्ता प्रमाणपत्र प्राप्त गरी औपचारिक रूपमा व्यवसाय सञ्चालन गर्दै आएको छ।

हाल कम्पनीले ५६ प्रकारका औषधिहरु उत्पादन तथा बिक्री वितरण गरिरहेको छ। मुख्यतः मुटु रोग, मधुमेह, श्वासप्रश्वास, कलेजो र पेटसम्बन्धी रोगहरूको उपचारमा प्रयोग हुने औषधि उत्पादनमा केन्द्रित रहेको निभिक्सले अब नयाँ औषधिको अनुसन्धान र उत्पादन विस्तार गर्ने तयारी पनि गरिरहेको जनाएको छ। कम्पनीको आईपीओ निष्कासनले औद्योगिक विस्तारका लागि पूँजी संकलनमा टेवा पुर्‍याउने विश्वास लिइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।