अब टिएमएसमा बैंक खाता लिङ्क अनिवार्य, पैसा नभए सेयर कारोबार नहुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अब सेयर बजारमा लगानीकर्ताले पैसा खातामा नभइ सेयर किनमेल गर्न नपाउने भएका छन्। नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममार्फत यस्तो व्यवस्था ल्याउने स्पष्ट पारेको छ।

बोर्डले मंगलबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा ट्रेडिङ म्यानेजमेन्ट सिस्टम मार्फत कारोबार गर्दा लगानीकर्ताको बैंक खाता अनिवार्य रूपमा लिङ्क हुने व्यवस्था लागू गरिने उल्लेख गरिएको छ। यसअनुसार दोस्रो बजारबाट सेयर खरिद गर्नुअघि खातामा पर्याप्त रकम भएको सुनिश्चित हुनु पर्नेछ, अन्यथा खरिद आदेश स्वतः रद्द हुनेछ।

हाल सेयर बजारमा ‘उधारोमा कारोबार’ गर्ने प्रचलन रहँदै आएको छ, जसलाई यो नयाँ व्यवस्थाले पूर्णतः अन्त्य गर्ने देखिन्छ। बोर्डका अनुसार सेयर बजारमा पारदर्शिता, जवाफदेहिता र जोखिम नियन्त्रण कायम गर्न यो निर्णय गरिएको हो।

धितोपत्र बोर्डका अनुसार यो प्रणाली कार्यान्वयन भएपछि लगानीकर्ताले कारोबार गर्ने बेलामै रकम सुनिश्चित गर्नुपर्नेछ, जसले अनावश्यक वित्तीय जोखिम र दुरुपयोग रोक्ने विश्वास लिइएको छ।यसका साथै बोर्डले सेयर बजारमा सूचना प्रवाहलाई प्रभावकारी बनाउने, कारोबार प्रणालीलाई अझ डिजिटल र सुरक्षित बनाउने योजना पनि अघि सारेको छ। नयाँ नियमले बजार अनुशासन कायम गर्न मद्दत पुग्ने र लगानीकर्ताको विश्वास बढ्ने अपेक्षा गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।