लगातार सातौं दिन बढ्यो नेप्से, साढे १९ अर्बको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सेयर बजारले बुधबार पनि बढ्ने क्रमलाई निरन्तरता दिएको छ। साताको चौथो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.६१ अंकले बढेर २,९८३.३१ बिन्दुमा पुगेको छ।

बजार लगातार सातौं दिन उकालो लागिरहेको छ। अघिल्लो दिन मंगलबार नेप्से ८०.९७ अंकले बढेको थियो भने सोमबार २१.७६ अंक र आइतबार ०.३२ अंकले उक्लिएको थियो। गत साता पनि बिहीबार ७५.८४ अंक, बुधबार ३४.६१ अंक र मंगलबार ३४.४६ अंकले नेप्से वृद्धि भएको थियो।

बुधबार सेयर बजारमा कुल १९ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यद्यपि अघिल्लो दिन मंगलबार कारोबार रकम १९ अर्ब ८२ करोड रुपैयाँ पुगेको थियो।

यस दिन कारोबार भएका कम्पनीमध्ये ९८ कम्पनीको सेयर मूल्य बढ्दा १५२ कम्पनीको घटेको छ।

बुधबार ट्रेड टावर र सान्भी इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ग्रिन भेन्चर लिमिटेडको सेयर मूल्य ९.४० प्रतिशतले बढेको छ।

समूहगत रूपमा हेर्दा फाइनान्स समूहको सेयर मूल्यमा सबैभन्दा धेरै ३.४३ प्रतिशतको सुधार आएको छ। जलविद्युत् र लगानी समूहको सूचक पनि एक प्रतिशतभन्दा बढीले बढेका छन्। तर, होटल तथा पर्यटन समूह भने १.०७ प्रतिशतले घटेको छ।

सेयर बजारमा देखिएको यो सकारात्मक लहरले लगानीकर्ताहरूमा आशावाद बढाएको छ। बजारले तीन हजार बिन्दुको मनोवैज्ञानिक स्तर नजिक पुग्न थालेसँगै आगामी दिनमा थप वृद्धिको सम्भावना विश्लेषकहरूले औंल्याएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।