झापा इनर्जीले साउन १४ गतेदेखि आईपीओ निष्काशन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । झापा इनर्जी लिमिटेडले सौर्य ऊर्जा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) साउन १४ गतेदेखि खुला गर्ने भएको छ।

कम्पनीले जारी पूँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको १० प्रतिशत बराबरको कुल ३ लाख ८० हजार १९० कित्ता साधारण शेयर प्रतिकित्ता १०० रुपैयाँमा निष्काशन गर्न लागेको हो।

कुल शेयरमध्ये आयोजनास्थल शिवसताक्षी नगरपालिका–४ र त्यस आसपास १०० मिटरभित्रका प्रत्यक्ष प्रभावित बासिन्दाहरूका लागि १ लाख ९० हजार ९५ कित्ता शेयर छुट्याइएको छ। बाँकी १ लाख ९० हजार ९५ कित्ता शेयर सोही वडाका अन्य स्थानीय बासिन्दाहरूलाई उपलब्ध गराइनेछ।

यसका अतिरिक्त, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि कुल ५७ हजार २९ कित्ता शेयर निष्काशन गरिनेछ, जुन सर्वसाधारणलाई छुट्याइएको कुल भागको १० प्रतिशत हो। विदेशमा श्रम स्वीकृति लिएर रहेका नेपालीहरूले यस कोटामा आवेदन दिन सक्नेछन्।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि उक्त आईपीओ छिटोमा साउन २८ गते र ढिलोमा भदौ १२ गतेसम्म खुला रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने आईपीओ छिटोमा साउन १८ गते र ढिलोमा साउन २८ गतेसम्म आवेदन दिन सकिनेछ।

झापा इनर्जीको यो शेयर निष्काशनले आयोजनास्थल नजिकका स्थानीय बासिन्दा र प्रवासी नेपालीलाई स्वदेशी परियोजनामा प्रत्यक्ष लगानीको अवसर दिने उद्देश्य लिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।