काठमाडौं । एमाले केन्द्रीय कमिटीको बैठकले एमालेबाट सक्रिय राजनीतिमा आउने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रयासलाई रोकेको छ।
पूर्वराष्ट्रपति राष्ट्रिय एकताको प्रतीक भएकाले दलको कार्यकर्ता हुन नसक्ने भन्दै बुधबारकाे केन्द्रीय कमिटीकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा नफर्कन आग्रह गर्ने प्रस्ताव पार्टी बैठकमा गरेका थिए । सो प्रस्ताव पारित भएसँगै विद्या भण्डारीको एमालेमा राजनीति गर्ने बहस तत्काललाई रोकिएको छ ।
Comment