साउन ७ गते बुधवार कस्तो रहनेछ तपाईंको भाग्य ? राशिफलमा हेर्नुहोस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

काठमाडौं । २०८२ साउन ७ गते बुधवार, २३ जुलाई २०२५। श्रावण कृष्णपक्ष चतुर्दशी तिथि। आर्द्रा नक्षत्र, १८ः२८ बजेपछि पुनर्वशु। चन्द्रराशि मिथुन।

आजको राशिफल

मेष : समय मध्यम छ, शरीरको कुनै पनि भागमा रोग लाग्ने, दुख्ने, चोट लाग्ने संभावना बलियो छ । आम्दानीभन्दा खर्च ज्यादा भई दिने अवस्था पनि रहनेछ । आज जस्तोसुकै अवस्थामा पनि मुद्दा मामिलामा नजानु होला । टाढाको यात्रा गर्ने काम पनि नगर्नु नै राम्रो हुनेछ ।

बृष : समय शुभ छ, स्वास्थ्य सन्तुलित रहने देखिन्छ । आदर–सत्कार पाइनेछ। घरमा पारिवारिक सहयोग राम्रैसँग पाइनेछ । तपाइँको आम्दानी अर्कैले खाइदिने योग समेत बलियो छ । सतर्क रहनु अत्यन्त जरुरी छ ।

मिथुन : मानसिक तनावबाट मुक्त हुन कठिन छ । पाहुनाको रुपमा आज कसैकहाँ जानु ठीक छैन । जताबाट पनि खर्चमात्रै ज्यादा हुने सम्भावना रहेको हुनाले सतर्क हुनैपर्छ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ ।

कर्कट : स्वास्थ्यमा अवश्य सुधार आउनेछ । आम्दानीका नयाँ उपाय भेटिनेछ भने पूर्व, दक्षिण तर्फका काममा ज्यादा सफलता पाउनुहुनेछ । समय शुभ रहेको छ उपयोग गर्नुहोला ।

सिंह : समय शुभ छ । लाभ पाइने अवसर प्रशस्तै छन् । धार्मिक यात्रा समेत सफल हुने देखिन्छ । विद्यार्थीहरूलाई उच्चतम लाभ मिल्ने, नयाँ रोजगारीको अवसर मिल्ने छ ।

कन्या :आकस्मिक रूपमा नगद प्राप्त हुनेछ । अचल सम्पत्तिबाट लाभ पाइने समय छ । नवीन कार्यको थालनी गर्दा उचित लाभ पाइने छ । ठूला मान्छेसंग भेटघाटको मौका समेत मिल्ने देखिन्छ ।

तुला : कार्यमा अवरोध आउनेछ । वायुरोगले सताउनेछ । ग्याष्ट्रिक्टले सताउन सक्नेछ, खानपानमा पनि विशेष ध्यान दिनुहोला । परिवारकाे साथ मिल्ने छ ।

वृश्चिक: पानीमा डुब्ने योग रहेकोछ विशेष सतर्क रहनुहोला । मनमा ज्यादा निराशाका भावना आउन सक्ने छ कसैप्रति घनिष्ट मित्र पनि नगर्ने, कसैसंग वादविवाद र दुश्मनी काम नगरेमात्र ठूलो हानी नोक्सानीबाट जोगाउन सकिनेछ ।

धनु : अत्यन्तै शुभ छ । स्वास्थ्य त्यति खराब छैन । मानसिक प्रशन्नता बढाउने काम हुनेछन् । आर्थिक नयाँ स्रोत पनि बढ्दै जानेछन् ।

मकर : आज निजी सवारी साधनमा टाढाको यात्रा गर्नु ठीक छैन। कुनै पनि व्यक्तिसँग नगद धनबारे व्यर्थैको कच्–कच्मा फँसिने सम्भावना पनि त्यत्तिकै छ । परिवारकाे साथ मिल्ने छ ।

कुम्भ : आदर सत्कारमा वृद्धि हुनेछ । आश्रित कर्मचारी, पारिवारिक सदस्यबाट राम्रो सहयोग पाइने छ । उन्नति प्रगति हुने देखिन्छ । आज नयाँ वस्तु, जग्गा जमीन खरिद गर्दै हुनुहुन्छ भने शुभ रहेको छ ।

मीन : आम्दानीमा वृद्धि हुने मौका कसैले छुटाइदिने सम्भावना बलियो छ । खुट्टामा चोट लाग्ने, आकस्मिक रोगले दु:ख दिने सम्भावना छ । त्यसैले खानपान लगायत हरेक कार्यमा सतर्कता अपनाउनु होला । रोजगारीको अवसर मिल्ने छ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।