प्रधानमन्त्रीसँग चिनियाँ सहायता नियोगका अध्यक्षको भेट, चार परियोजनामा हस्ताक्षर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार बालुवाटारमा शिष्टाचार भेट गरेको छ।

भेटमा नेपाल–चीन सम्बन्ध, आर्थिक सहयोग, भौतिक पूर्वाधार निर्माण, र ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ अन्तर्गतका परियोजनाहरूको कार्यान्वयनबारे छलफल भयो। प्रधानमन्त्री ओलीले नेपाल एक–चीन नीतिप्रति प्रतिबद्ध रहेको दोहोराउँदै, रसुवागढी नाकाको पुनर्निर्माणमा सहयोग गरेकामा चीनलाई धन्यवाद दिए।

यसअघि प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग पनि विकास साझेदारीबारे छलफल गर्दै चार परियोजनामा समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।