काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको राजनीति बिपी कोइरालाको राष्ट्रिय नीतिको जगमा उभिएको बताएका छन्। मंगलबार ४३औँ बिपी स्मृति दिवसको अवसरमा आयोजित अन्तर्क्रियामा बोल्दै देउवाले बिपीको मेलमिलाप नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरे।
उनले जीवनभर लोकतन्त्र र जनताको पक्षमा अविचलित भएर खटिएका बिपी कोइराला केवल राजनीतिमा मात्र नभई साहित्यको क्षेत्रमा पनि चम्किलो नक्षत्र भएको स्मरण गरे। देउवाले बिपीले बलियो कांग्रेस र राष्ट्रिय शक्तिबीच मेलमिलापको मार्गबाट मात्र देश समृद्ध र स्वाधीन हुने सन्देश दिएको बताए।
साथै, उनले भारत निर्वासनबाट आठ ज्यान मुद्दाको बाबजुद स्वेच्छाले नेपाल फर्किएको बिपीको साहसलाई ऐतिहासिक सम्झना बताउँदै, बिपीको त्याग र सोचले नै आजको कांग्रेस निर्माण भएको उल्लेख गरे।
Comment