काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गठबन्धन सरकारको सफलता फरक मतबीचको साझा समझदारीबाट सम्भव हुने बताएका छन्।
मंगलबार ४३औं बीपी कोइराला स्मृति दिवसमा बोल्दै उनले एउटै दलमा पनि विभिन्न विचार हुने हुँदा कांग्रेस र एमालेबीच मतभेद स्वाभाविक भएको बताए।
शर्माले अहिले उत्पन्न समस्यामा प्रधानमन्त्री गम्भीर हुनुपर्ने बताए। कुलिङ पिरियडको मुद्दामा दोषीलाई कारबाही गर्न र भूमि विधेयकबारे गहिरो छलफलपूर्वक निर्णय गर्नुपर्नेमा उनले जोड दिए।
उनले बीपी कोइरालाको मेलमिलाप नीति दरबारले अपव्याख्या नगरेको भए आज राजसंस्था रहन सक्ने धारणा पनि राखे।
Comment