नबिल बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र ‘नबिल डिबेन्चर–२०८९’ निष्कासन गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नबिल बैंक लिमिटेडले आज साउन ६ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र ‘नबिल डिबेन्चर–२०८९’ जारी गर्न लागेको छ। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त यो ऋणपत्रको कुल इकाइ संख्या ३० लाख रहेको छ, जसको अंकित मूल्य प्रतिइकाइ १ हजार रुपैयाँ छ।

बैंकले कुल ३० लाख इकाइमध्ये १८ लाख इकाइ संस्थागत तथा व्यक्तिगत लगानीकर्तालाई प्रत्यक्ष बिक्री गर्नेछ भने बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरिनेछ।

सर्वसाधारणका लागि छुट्याइएका १२ लाख इकाइमध्ये ५ प्रतिशत अर्थात् ६० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ११ लाख ४० हजार इकाइमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतम १२ लाख इकाइसम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन सी–आस्बा सेवा प्रदान गर्ने बैंक तथा वित्तीय संस्था वा तिनले तोकेको शाखाबाट तथा सीडीएससीको मेरो शेयर प्रणालीमार्फत दिन सकिनेछ।

यो ऋणपत्रको निष्कासन अवधि छिटोमा साउन ९ गतेसम्म खुला रहनेछ। यदि सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्कासन मिति साउन २० गतेसम्म लम्बिन सक्नेछ।

‘नबिल डिबेन्चर–२०८९’ आठ वर्षे अवधिको ऋणपत्र हो, जसमा वार्षिक ७ प्रतिशत ब्याजदर प्रदान गरिनेछ।

यस ऋणपत्र निष्कासनको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।