नेपाल उपविजेतामा सीमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिपमा नेपाल उपाधि जित्न असफल भएको छ। सोमबार ढाकास्थित बसुन्धरा किङ्स एरिनामा घरेलु टिम बङ्गलादेशसँग ४–० ले पराजित भएपछि नेपालको च्याम्पियन बन्ने आशा समाप्त भएको हो।

बङ्गलादेशका लागि सागोरिकाले एक्लैले चार गोल गर्दै टोलीलाई जित दिलाइन्। यो प्रतियोगितामा उनको दोस्रो ह्याट्रिक हो।

चार टिम सम्मिलित डबल लिग आधारमा भएको प्रतियोगितामा बङ्गलादेशले सबै छ खेल जित्दै १८ अंकसहित उपाधि रक्षा गर्‍यो। नेपालले चार जितसहित १२ अंक जोड्यो।

यद्यपि नेपालको पूर्णिमा राईले १० गोलसहित सर्वाधिक गोलकर्ताको उपाधि जितिन् र गोल्डेन बल प्राप्त गरिन्। बङ्गलादेशकी मिनी अख्तर गोल्डेन ग्लोभ र सागोरिका सर्वश्रेष्ठ खेलाडी घोषित भइन्। फेयर प्ले अवार्ड श्रीलङ्काले जित्यो।

नेपालले प्रतियोगितामा भुटान र श्रीलङ्कालाई दुवै खेलमा पराजित गरेको थियो तर बङ्गलादेशसँग दुवै खेलमा हार बेहोरेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।