ट्रायम्फ लिगेसी राइडको सौराहा संस्करण सफलतापूर्वक सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ट्रायम्फ नेपालले साउन २ र ३ गते ‘ट्रायम्फ लिगेसी राइड – सौराहा एडिसन’ को तेस्रो संस्करण सफलतापूर्वक सम्पन्न गरेको छ।

हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.को आयोजनामा भएको राइडमा ३५ जना ट्रायम्फ राइडरले सहभागिता जनाएका थिए।

राइड पोखराको नयाँबजारस्थित ट्रायम्फ शोरूमबाट सुरु भई करिब १६० किलोमिटरको रमणीय यात्रा पार गर्दै सौराहा, चितवनमा सम्पन्न भएको थियो। सौराहामा राइडरहरूले थारु संस्कृति, सांस्कृतिक कार्यक्रम, बोनफायर, र जंगल सफारीमार्फत स्थानीय जीवनशैली र जैविक विविधताको अनुभव लिएका थिए।

यो यात्राले मोटरसाइकल राइडिङको आनन्दसँगै आन्तरिक पर्यटन र दुईपांग्रे पर्यटन प्रवर्द्धनमा पनि सकारात्मक योगदान पुर्‍याएको आयोजकको भनाइ छ। ट्रायम्फ नेपालले आगामी दिनमा यस्तै रोमाञ्चक राइडहरू आयोजना गर्दै मोटरसाइकल संस्कृतिको विस्तार गर्ने योजना बनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।