आयोनको “द एक्स्ट्रा अर्डिनर अफर”स् प्रिमियम इलेक्ट्रिक गाडीमा ८ लाखसम्मको छुट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालको इलेक्ट्रिक सवारी बजारमा अग्रणी ब्रान्ड आयोनले ग्राहकहरूका लागि एक विशेष अफर ल्याएको छ।

“द एक्स्ट्रा अर्डिनर अफर” नाम दिइएको यो प्रोमोशनल योजना अन्तर्गत आयोनका प्रिमियम इलेक्ट्रिक गाडीहरूमा ८ लाख रुपैयाँसम्मको छुट प्राप्त गर्न सकिनेछ। सीमित अवधिका लागि उपलब्ध यस अफरले स्वच्छ, दिगो र प्रविधिमैत्री भविष्यको यात्रालाई अझ सहज र सुलभ बनाउने लक्ष्य लिएको छ।

यस अफर अन्तर्गत ग्राहकहरूले ६.६४ प्रतिशतको न्यूनतम ब्याजदरमा ऋण सुविधा, ४८ घण्टाभित्र ऋण स्वीकृति र ७ वर्षसम्मको लोन अवधि जस्ता सुविधा पाउनेछन्। यति मात्र होइन, प्रत्येक गाडी खरिदमा ६.६ किलोवाटको होम चार्जर र ३.३ किलोवाटको ट्राभल चार्जर, एक वर्षको बीमा र सवारी कर, साथै आकर्षक एक्सचेन्ज बोनस समेत उपलब्ध हुनेछ। थप उपहारस्वरूप ग्राहकले ब्ल्याक एन्ड डेक्कर ब्रान्डको भ्याकुम क्लिनर र कार वासर समेत प्राप्त गर्नेछन्।

आयोनका गाडीहरू नेपालमा आधुनिक डिजाइन, उन्नत प्रविधि र इको-फ्रेन्ड्ली विशेषताका कारण लोकप्रिय हुँदै गइरहेका छन्। सीजी मोटर्सद्वारा प्रस्तुत यो अफर केवल सवारी साधनमा सीमित नभई, विद्युतीय जीवनशैलीलाई सहज, सुलभ र आकर्षक बनाउने दिशामा पनि एक महत्वपूर्ण कदम हो।

यो अफरले प्रिमियम इलेक्ट्रिक मोबिलिटीमा रुचि राख्ने उपभोक्ताका लागि अब उत्कृष्ट सुविधा र मूल्यमा गाडी खरिद गर्ने सुनौलो अवसर प्रदान गर्नेछ।

 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।