काठमाडौं । न्यु इनर्जी भेइकल्स क्षेत्रमा विश्वकै अग्रणी अटो निर्माता कम्पनी बीवाईडी ले १ करोड ३० लाख युनिट सवारीसाधन उत्पादन गर्दै ऐतिहासिक कीर्तिमान कायम गरेको छ।
कम्पनीले चीनको सेन्झेन–शानवेई स्पेसल कोअपरेसन जोनमा अवस्थित जियाओमो उत्पादन केन्द्रमा विशेष समारोह आयोजना गरी ‘याङवाङ यु७’ मोडललाई १ करोड ३० लाखौं सवारीको रूपमा सार्वजनिक गरेको हो। बीवाईडी यति ठूलो परिमाणमा न्यु इनर्जी सवारी उत्पादन गर्ने विश्वकै पहिलो कम्पनी बनेको छ, जसले यो उद्योगमा कम्पनीको नेतृत्वदायी भूमिका स्पष्ट पारेको छ।
सन् २०२५ को पहिलो अर्धवार्षिक अवधिमा कम्पनीको बिक्री दर उल्लेखनीय रूपमा वृद्धि भएको छ। जनवरीदेखि जुन महिनासम्मको अवधिमा बीवाईडीको घरेलु बिक्री २१ लाख १३ हजार युनिट पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१.५ प्रतिशतले वृद्धि भएको हो। अन्तर्राष्ट्रिय बजारमा पनि कम्पनीले ठूलो प्रगति गरेको छ, जहाँ बिक्री १२८।५ प्रतिशतले वृद्धि भई ४ लाख ७२ हजार युनिट पुगेको छ। यो उत्कृष्ट बजार प्रदर्शनका कारण बीवाईडीले ग्लोबल न्यु इनर्जी भेइकल बिक्रीमा पहिलो स्थान हासिल गर्न सफल भएको छ।
बीवाईडीले सार्वजनिक गरेको याङवाङ यु७ चीनको पहिलो १० हजार युनिट बिक्री पार गर्ने अल्ट्रा–लक्जरी अटो ब्रान्डको रूपमा चिनिएको छ। उच्च प्रविधि, डिजाइन, र ब्रान्ड मूल्यका कारण याङवाङले चिनियाँ अटो उद्योगमा विशेष पहिचान बनाएको छ। यसको निरन्तर सफलताले न केवल चिनियाँ अटोमोबाइल उद्योगको प्राविधिक क्षमतामा विश्वास बढाएको छ, तर चीनले न्यु इनर्जी युगमा विश्व बजारमा नेतृत्व गर्न सक्ने स्पष्ट संकेत पनि दिएको छ। बीवाईडीको यो उपलब्धिले घरेलु तथा अन्तर्राष्ट्रिय बजारमा प्रयोगकर्ताको विश्वास जितेको छ र चिनियाँ अटो उद्योगको आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमतालाई नयाँ उचाइमा पुर्याएको छ।
Comment