गठबन्धनको भावनाअनुसार सरकारले काम गर्नुपर्छ : सिटौला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले गठबन्धनको भावनाअनुसार काम गर्नुपर्ने बताएका छन्।

सोमबार (आज) चाक्सीबारीमा सात नेताहरूको बैठकबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताए। ‘हाम्रो मान्यता के छ भने यो गठबन्धनको सरकार हो, नेपाली कांग्रेस र एमालेको। गठबन्धनको भावनाअनुसार सरकारले काम गर्नुपर्छ,’ उनले भने।

सिटौलाले गठबन्धन ०८४ सम्म नै जाने बताए। ‘र, यो गठबन्धनचाहिँ ०८४ को निर्वाचनसम्म नै जान्छ, जाने गरी त्यो विश्वासको आधारमा सरकारले अझै राम्रो गरी काम गरोस् भन्ने हाम्रो धारणा छ,’ उनले भने।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।