काठमाडौं । साताकाे दाेस्राे काराेबार दिन आज नेप्से परिसूचकमा वृद्धि भएको छ ।
आज नेप्से २१ दशमलव ७६ अंकले बढेर २८९२ दशमलव ७२ विन्दुमा रोकिएको छ ।
आजको कारोबारमा विभिन्न ३११ कम्पनीका ३ करोड ५६ लाख ४९ हजार २११ कित्ता शेयर १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार २३८ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज थ्री स्टार हाइड्रोको शेयर सबैभन्दा बढी ९ दशमलव ९९ प्रतिशतले बढेको छ भने ट्रेड टावर लिमिटेड र सान्भी इनर्जीको सेयर ९ दशमलव ९८ प्रतिशतले बढेको छ । त्यस्तै उन्नति सहकार्य लघुवित्तको शेयर ९ दशमलव ४० प्रतिशतले बढेको छ ।त्यसैगरी आज ग्रीन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ भने करोपोरेट डेभलपमेन्ट बैंकको सेयर मुल्य ९ दशमलव ९६ प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार नेपाल रिइन्सुरेन्स कम्पनि लिमिटेडको ७५ करोड ६६ लाख र हिमालयन रिइन्सुरेन्सको ७५ करोड २८ लाख बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
Comment