काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीको मर्मतसम्भार तथा क्षमता विस्तारका कारण सेवा आंशिक रूपमा अवरुद्ध भएको जनाएको छ।
विभागका सूचना अधिकारी शिवराज सेढाइँका अनुसार अनलाइनमार्फत विवरण सङ्कलन, कार्ड वितरण, विवरण सच्याउने, जन्मदर्तासँग परिचय नम्बर जोड्ने, सामाजिक सुरक्षा भत्ताका लाभग्राहीको प्रमाणीकरण लगायत सेवाहरू प्रभावित भएका छन्।
सेवाग्राहीलाई असहज नहोस भनेर विभागले परिचयपत्र विवरण दर्ता तथा वितरण कार्य अफलाइनमार्फत गर्ने व्यवस्था मिलाएको छ। अनलाइन सेवा पुनः सुचारु भएपछि सेवाग्राहीलाई एसएमएसमार्फत परिचय नम्बर पठाइने बताइएको छ।
विभागले सार्वजनिक सूचना जारी गर्दै मर्मत कार्य सकिएलगत्तै सेवा सुचारु हुने जानकारी गराएको छ।
Comment