हिमालयन बैंकद्वारा विराटनगरको एक विद्यालयलाई ४० थान डेस्कबेन्च हस्तान्तरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हिमालयन बैंकले विराटनगर महानगरपालिका–७ स्थित सत्यनारायण आधारभुत विद्यालयलाई ४० थान डेस्कबेन्च प्रदान गरेको छ ।

विद्यार्थीलाई पढ्न लेख्न सहज होस् भनेर हिमालयन बैंक विराटनगर शाखाले आइतबार ती डेस्कबेन्च हस्तान्तरण गरेको हो ।

विद्यार्थीहरूको उचाई अनुसार बसेर लेखपढ गर्न मिल्ने डेस्कबेन्च तयार गरेर हस्तान्तरण गरिएको हिमालयन बैंक विराटनगरका प्रमुख राजेश ढकालले बताए । ती डेस्कबेन्च विद्यालयकी प्रधानाध्यापक रेखा पराजुलीलाई हस्तान्तरण गरिएको जनाइएको छ ।

प्रधानाध्यापक पराजुलीले विद्यालयमा रहेका डेस्कबेन्च पुराना र विद्यालयको उचाई अनुसारका नभएका कारण लेखपढ गर्न कठिनाई भएको अवस्थामा बैंकले समस्या बुझेर फर्निचर उपलब्ध गराइदिएर सहजता प्रदान गरेको बताइन् ।

सामाजिक उत्तरदायित्वको क्रियाकलाप अन्तरगत विद्यालयका लागि डेस्कबेन्च हस्तान्तरण गरेको हिमालयन बैंकका कोशी प्रदेश प्रमुख सन्तोष पराजुलीले बताए ।

२०२० सालमा स्थापित सत्यनारायण आधारभूत विद्यालयमा प्राथमिक तहको नर्सरी कक्षादेखि ५ कक्षासम्म अध्यापन हुँदै आएको छ । विद्यालयका करीव डेढ सय विद्यालय अध्ययनरत रहेका छन् ।

 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।