ग्लोबल आइएमई समुन्नत योजना-२ को इकाई बाँडफाँड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ग्लोबल आइएमई बैंकको कोष प्रवर्द्धक तथा ग्लोबल आइएमई क्यापिटल योजना व्यवस्थापक रहेको ग्लोबल आइएमई समुन्नत योजना २ को इकाई बाँडफाँड भएको छ।

उक्त योजनाको प्रति इकाई अंकित मूल्य रु दश रुपैयाँ दरको १० करोड २० लाख इकाई सर्वसाधारणका लागि असार २२ गतेदेखि असार २७ गतेसम्म निष्काशन गरिएको थियो।

असार २७ गते सम्ममा मागभन्दा बढी इकाईको लागि आवेदन प्राप्त भएको र यसरी माग भन्दा अधिक इकाईको लागि आवेदन प्राप्त भएको अवस्थामा सामूहिक लगानी कोष निर्देशिका अनुसार माग भन्दा अधिक संख्यामा इकाई माग भएमा निष्काशन गरिएको इकाई संख्याको २५ प्रतिशतसम्म थप गरी इकाई बाँडफाँट गरिनेछ भन्ने व्यवस्था भएको हुनाले निष्काशित इकाई १२ करोडको पच्चीस प्रतिशत अर्थात् ३ करोड इकाई थप गरी १५ करोड इकाई बाँडफाँट गरिएको छ।

बाँडफाँट गरिएको कूल १५ करोड इकाई मध्ये १५ प्रतिशत इकाई बीज पूँजीको रुपमा बाँडफाँट गर्नुपर्ने व्यवस्था भएकोले सो मध्ये कोष प्रवर्द्धक कम्पनी ग्लोबल आइएमई बैंकलाई १३.५ प्रतिशत अर्थात् २ करोड २ लाख ५० हजार इकाई तथा योजना व्यवस्थापक कम्पनी ग्लोबल आइएमई क्यापिटललाई १.५ प्रतिशत अर्थात् २२ लाख ५० हजार गरी जम्मा दुई करोड २५ लाख इकाई असार ३० गते बांडफाँट गरिसकिएको छ।

बीज पूँजी बापत छुट्याइएको इकाई बाँडफाँट गरे पश्चात् बाकि रहेको १२ करोड पचहत्तर लाख इकाई बाँडफाँट गर्ने प्रयोजनका लागि सिडिएस एण्ड क्लियरिङ्गको सि आस्वा प्रणाली मार्फत ४५ हजार ८०२ आवेदनहरुबाट १३ करोड ९ लाख ३३ हजार ५१० इकाईका लागि आवेदन प्राप्त भएकोमा ती आवेदनहरुको आवश्यक रुजू तथा भेरिफिकेशन पश्चात् एवं सि आस्वा प्रणालीको अनुसार छब्बीस जना आवेदकहरुले ५२ वटा आवेदनहरु मार्फत ७ हजार ५०० इकाईको लागि दिएको दोहोरो आवेदन रद्द गरी ३५ हजार ७ सय ५० जना आवेदकहरुबाट रीतपूर्वक प्राप्त भएको १३ करोड ९ लाख २६ हजार १० इकाई बाँडफाँट गरिएको छ।

जस अनुसार ३५ हजार ७ सय ५० जना आवेदकहरु मध्ये ३५ हजार ७ सय ४८ जना आवेदकहरुलाई निजहरुले माग गरे बमोजिम नै ११ करोड ९ लाख २६ हजार १० इकाई तथा दुई जना आवेदकहरुलाई समानुपातिक रुपमा १ करोड ६५ लाख ७३ हजार ९ सय ९० इकाई गरी जम्मा १२ करोड ७५ लाख इकाई साउन २ गतेका दिन निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको रजिस्टर्ड कार्यालय, नक्साल, काठमाण्डौंमा बाँडफाँट भएको छ।

 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।