काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले समृद्धि हासिल गर्न राज्यको नीतिगत सोच र संरचना सुधार आवश्यक रहेको बताएका छन्।
नेपाल उद्योग परिसंघ (CNI) का नवनिर्वाचित पदाधिकारीहरूसँग खुमलटारमा भेट्दै दाहालले निजी क्षेत्रको योगदानलाई महत्त्वपूर्ण बताउँदै उनीहरूलाई सहज वातावरणमा काम गर्न दिने नीति आवश्यक भएको उल्लेख गरे।
उनले भने, “राज्यले दुःख दिने होइन, सहजीकरण गर्ने मनोवृत्ति विकास गर्न जरुरी छ।” CNI पदाधिकारीहरूले पनि प्रधानमन्त्री दाहालको कार्यकालमा निजी क्षेत्रसँगको सहकार्य राम्रो रहेको बताएका थिए।
Comment