नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा याडियाको नयाँ इलेक्ट्रिक स्कुटर सिरिज सार्वजनिक हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आगामी साउन २१ गतेदेखि शुरू हुने नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा याडिया नेपाल ले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर श्रृंखला ‘भेलक्स सिरिज’ सार्वजनिक गर्ने भएको छ। कुजु नेपाल मार्फत नेपाली बजारमा याडियाको स्कुटर भित्रिनेछ।

कम्पनीले एक्स्पोमा भेलक्स फास्ट चार्जिङ स्कुटर, भेलक्स यु  र भेलक्स एच गरी तीन मोडल सार्वजनिक गर्ने तयारी गरेको छ।

सबैभन्दा आकर्षक मोडल मानिएको भेलक्स फास्ट चार्जिङ स्कुटर २० मिनेटमै ८० प्रतिशतसम्म चार्ज हुन सक्नेछ। यसमा ७६ भोल्ट, ३० एएच  क्षमताको एलएफपी ब्याट्री प्रयोग गरिएको छ, जसले ११० किलोमिटरसम्मको रेन्ज दिनेछ।

यस्तै, भेलक्स यु मा ४.९ किलोवाट क्षमताको शक्तिशाली मोटर राखिएको छ। यसको टप स्पीड ८० किमी प्रतिघण्टा रहेको छ भने यसमा ७४ भोल्ट, २० एएचको एलएफपी ब्याट्री प्रयोग गरिएको छ, जसले १४० किलोमिटरसम्मको दूरी तय गर्न सक्छ।

तेस्रो मोडल भेलक्स एच मा ३.२ किलोवाट क्षमताको मोटर छ र यसमा ७२ भोल्ट, ३० एएच एलएफपी ब्याट्री जडान गरिएको छ। यो स्कुटरले १०० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ।

कम्पनीका अनुसार, तीनै स्कुटरमा एलएफपी ब्याट्री प्रयोग गरिएकोले सुरक्षित, टिकाउ र भरपर्दो परफर्मेन्स प्राप्त हुने विश्वास गरिएको छ।

 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।