काठमाडौंको तारकेस्वरस्थित तुषाल चौरमा एक महिला झुण्डिएको अवस्थामा फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। काठमाडौंको तारकेश्वर नगरपालिका–८ स्थित तुषाल चौर खेल मैदानको बारमा एक महिला झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्। स्थानीयवासीका अनुसार ती महिला सोमबार बिहान झुण्डिएको अवस्थामा देखिएकी थिइन्।

कालो कपडा, कालो झोला र कालै रंगको जुत्ता लगाएकी ती महिलाको परिचय हालसम्म खुल्न सकेको छैन। घटना सार्वजनिक भएपछि पिपलडाँडा खेल मैदानमा स्थानीयहरूको ठूलो भीड लागेको छ।

घटनाको सूचना पाएको साथ प्रहरी टोली घटनास्थलमा पुगेको छ र प्रारम्भिक अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ। महिलाको मृत्यु आत्महत्या हो वा अन्य कारणले भएको हो भन्नेबारे थप विवरण आउन बाँकी छ।

प्रहरीका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी घटनाको प्रकृति स्पष्ट पार्नका लागि शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ। घटनाबारे अनुसन्धान जारी रहेको र महिला पहिचान खुलाउन खोजी कार्य तीव्र पारिएको जनाइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।