साफ यू-२० च्याम्पियनसिप: उपाधिका लागि बंगलादेशसँग भिड्दै नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बंगलादेशको ढाकामा जारी साफ यू-२० महिला फुटबल च्याम्पियनसिप अन्तर्गत आज अन्तिम खेलमा नेपालले बंगालदेशको सामना गर्दैछ ।

उपाधिका लागि दुई देशबीच ढाकास्थित किङ्स एरेनामा नेपाली समयअनुसार साँझ ६:३० बजे खेल हुनेछ । खेलमा नेपालका लागि विजेता हुन जितको खाँचो छ। बंगलादेशलाई भने बराबरीले पनि पर्याप्त हुनेछ।

यसअघि नेपालले भुटानलाई पहिलो खेलमा ६-१ र दोस्रो खेलमा ८-० गोलले हराएको थियो। यस्तै नेपालले श्रीलंकालाई दुवै खेलमा ७-० गोलले हराएको थियो। नेपालले पाँचमध्ये चार खेलमा जित निकाल्दा बंगलादेश भने पाँचै खेलमा विजयी भएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।