काठमाडौं । आज संघीय संसदका तीन समितिको बैठक बस्दैछ ।
आज प्रतिनिधि सभाका महिला तथा सामाजिक मामिला समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ ।
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।आज बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा राष्ट्रिय बाल अधिकार परिषद् द्वारा प्रकाशित बालबालिका सम्बन्धी राष्ट्रिय प्रतिवेदन २०८१ माथि छलफल हुने कार्यसूची रहेको छ ।
दिउँसो २ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मिडिया काउन्सिल विधेयक माथि संशोधनकर्तासँग छलफल हुने कार्यसूची रहेको छ ।दिउँसो २ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
Comment