डिशहोम र ल्यानिज हबबीच सहकार्य: हाई फ्युचरका ग्याजेटमा ५० प्रतिशतसम्म छुट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। आफ्ना ग्राहकहरूलाई प्रविधिमैत्री जीवनशैलीतर्फ आकर्षित गर्न डिशहोमले ल्यानिज हबसँगको सहकार्यमा नयाँ अफर सार्वजनिक गरेको छ।

अफर अन्तर्गत ग्राहकहरूले विश्वप्रसिद्ध हाई फ्युचर ब्रान्डका ग्याजेटहरूमा ५० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

छुट पाउनका लागि ग्राहकले डिशहोमको इन्टरनेट वा टिभी सेवा ३, ६, १२ वा २४ महिनाको लागि सब्स्क्राइब वा रिचार्ज गर्नुपर्नेछ। यो प्रक्रिया पूरा गरेपछि उनीहरूले हाई फ्युचरका स्मार्ट ग्याजेटहरू छुट मूल्यमा खरिद गर्न पाउनेछन्।

यो योजनामा ​​​३५ सय रुपैयाँ पर्ने ​​​​सोनिक एयर एयरबड १७ सय ५० रुपैयाँमा, ५५ सय रुपैयाँ पर्ने जोन २ स्मार्टवाच २७ सय ५० रुपैयाँमा र नौ हजार रुपैयाँ पर्ने भोकल स्पिकर ४५ सय रुपैयाँमा पाउन सक्नेछन्।

माथि उल्लिखित छुटका अतिरिक्त, ग्राहकहरूले प्रोमो कोड ‘ “CHILLFI15″’ प्रयोग गरी थप १५ प्रतिशत छुट पनि प्राप्त गर्न सक्नेछन्।

सहकार्यबारे डिशहोमले हाई फ्युचर उत्पादनहरू नेपाली ग्राहकहरूका लागि किफायती मूल्यमा उपलब्ध गराउन पाउँदा खुसी लागेको बताएको छ।

कम्पनीका अनुसार, डिशहोमले केवल इन्टरनेट र टिभी सेवा मात्र नभई ग्राहकको दैनिक जीवनलाई सहज बनाउन प्रिमियम एक्सेसोरीहरू पनि उपलब्ध गराउँदै आएको छ।

यो योजना डिशहोमका नयाँ तथा पुराना दुवै ग्राहकहरूका लागि लागू हुनेछ। इच्छुक ग्राहकहरूले डिशहोमको आधिकारिक वेबसाइटमार्फत यी उत्पादनहरू सजिलै खरिद गर्न सक्नेछन्। यो सहकार्यले ग्राहकहरूलाई गुणस्तरीय प्रविधिमा पहुँच सहज बनाउँदै डिजिटल जीवनशैली अपनाउन प्रोत्साहित गर्ने विश्वास गरिएको छ।

 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।