काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीबाट अवार्ड जितेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले क्यानलाई आइसीसी ग्लोबल अवार्ड्सअन्तर्गत ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’ प्रदान गरेको हो ।
सिंगापुरमा भएको आईसीसीको वार्षिक साधारणसभामा नेपालको तर्फबाट क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष पदम खड्का र सचिव पारस खड्काले अवार्ड ग्रहण गरे । यसअघि, सन् २०२३ मा पनि यो अवार्ड नेपालले नै जितेको थियो ।
नेपाल एसिया क्षेत्रको विजेता बनेर ग्लोबल अवार्डका लागि छनोटमा परेको थियो । अफ्रिकाबाट नामिबिया, अमेरिकाबाट बर्मुडा र पूर्वी एसिया प्रशान्तबाट इन्डोनेसिया ग्लोबल छनोटमा पुगेका थिए ।
Comment