विद्या भेट्न ओली पनि आइपुगे च्यासल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पनि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पार्टीको केन्द्रीय कार्यालय, च्यासल आइपुगेका छन्।

भण्डारी पार्टी कार्यालय पुगेको केहीबेरमा अध्यक्ष ओली पनि आइपुगेका हुन्। उनीहरूबीच केहीबरेमा भेटवार्ता सुरु हुनेछ।

एमालेको केन्द्रीय कमिटी बैठक बस्नुभन्दा एक दिनअघि हुन लागेको यो भेटलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ।

दुई कार्यकाल राष्ट्रपति रहेर बिदा भएपछि उनले पार्टीको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरिसकेकी छन्। एमाले उपाध्यक्ष पद त्यागेर राष्ट्रपति बनेकी उनले सदस्यता नवीकरण गरिसकेको बताएकी छन्।

तर, पार्टीले भने उनको सदस्यता ‘पेन्डिङ’ रहेको जनाएको छ। सदस्यता प्रदान गर्ने वा रोक लगाउनेबारे पार्टीले अब निर्णय गर्ने नेताहरूले बताइरहेका छन्।

पार्टीको सचिवालय र पोलिटब्यूरो बैठकले राष्ट्रपति भइसकेको व्यक्ति पुन: पार्टी राजनीतिमा फर्किनु गम्भीर विषय भएको बताउँदै त्यसबारे पार्टीले उचित समयमा उचित निर्णय लिने निष्कर्ष निकालिसकेको छ।

उनलाई विधान महाधिवेशनमा सहभागी हुन दिने वा नदिनेबारे पनि पार्टी अनिर्णीत छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।